काठमाडौं – रसुवाको भोटेकोशीमा हिजो (भदौ १० गते) आएको विनाशकारी बाढीपछि नदीको बहाव घट्दै गए पनि जोखिम पूर्ण रूपमा टरेको छैन।


ADVERTISEMENT


जल तथा मौसम विज्ञान विभागले भोटेकोशी र त्रिशूली नदीमा हाल बहाव सतर्कता तहभन्दा तल रहेकाले पनि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


ADVERTISEMENT

# # #


आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव पनि सतर्कता तहभन्दा तल रहेको विभागले जनाएको छ।

यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि हाल सतर्कता सीमाभन्दा तल रहेको छ। तर वर्षा पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार, बाढी प्रभावित बस्ती र कमजोर भूभागमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासनका सूचना पालना गर्न विभागले आग्रह गरेको छ।