काठमाडौं – रसुवामा आएको बाढीका कारण प्रभावित भएका ४४९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।


ADVERTISEMENT


नेपाली सेनाका अनुसार भदौ १२ गते दिउँसो १२ः२० बजेसम्म गरिएको उद्धारमा १७ जना विदेशी नागरिकसमेत रहेका छन्। उद्धार गरिएका विदेशीमध्ये १३ जना भारतीय र ४ जना जर्मन नागरिक छन्।


ADVERTISEMENT

# # #


बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको सेनाले जनाएको छ। सेनाका टोलीले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोजी तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ।