काठमाडौं – रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ प्रदान गरेको हो।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि बैंकले गरेको सहयोगप्रति नेपाल बैंक परिवारलाई धन्यवाद दिएको छ।

सञ्चालक समिति सदस्य लम्सालले प्राकृतिक विपद्का बेला नेपाल बैंकले विगतदेखि नै आर्थिक सहयोग गर्दै आएको र त्यसैको निरन्तरतास्वरूप बाढी प्रभावित नागरिकका लागि सहयोग गरिएको बताए। बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, आगामी दिनमा समेत राष्ट्रिय विपद्का समयमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।