काठमाडौं – हिमालयन बैंक लिमिटेडद्वारा रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरुलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गरेका छन् ।