काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रमा सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसंगको छलफलका क्रममा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएाके छ ।

साथै प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा छलफल भएको छ ।