काठमाडौं – मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।


ADVERTISEMENT

# # #


यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले आफनो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै बैंकले हाल अटो कर्जा, कृषि र क्ःभ् कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।