काठमाडौं – रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानप्रति ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ सहयोग गरेको हो। त्यस्तै, कम्पनीका सञ्चालक तथा कर्मचारीबाट थप २१ लाख रुपैयाँ योगदान गरिएको छ। कुल ७२ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


कम्पनीले बाढी तथा विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेको प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।