काठमाडौं – प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १०० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


यही भाद्र १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पुर्याइएको छ ।


ADVERTISEMENT

# # #


उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पु¥याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाल सरकारलाई प्रभु बैंकका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शमाले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १०० रुपैयाँ मात्र) को चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालक राजु पौडेल तथा संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।