काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका छन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरिइएको थियो । राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
































































