काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन्।


ADVERTISEMENT


बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिएका हुन् । उनले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र “एक्लै संसार बोकेर हिँड्ने“ अहङ्कारी शैली देखाएको उनको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताएका छन् ।

उनले गत बर्ष युवाहरूमाथि गोली प्रहार, दमन भएको तथा त्यसपछि जनताको आक्रोश र प्रतिवाद स्वाभाविक रूपमा उर्लिएको उल्लेख गरेका छन् । जेनजी आन्दोलनमा भू–राजनीतिक स्वार्थ, घुसपैठ, हिंसा, तोडफोड र आगजनी मिसिएको भन्दै जोसुकै संलग्न भए पनि २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही हुनुपर्ने उनले बताएका छन् ।