काठमाडौं – बौद्ध धर्मावलम्बीहरुले बौद्ध संस्कृति अनुसार बुधबार पञ्चदान पर्व मनाएका छन् ।


ADVERTISEMENT


प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । विभिन्न चोकहरुमा दिपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्तिहरु पुजा गर्दै दान दिएर पर्व मनाइएको हो । यस पर्वमा बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ, सदस्यहरुलाई दान प्रदान गर्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


यस अवसरमा अन्न, गेडागुडी, फलफूल, सख्खर पानी (सर्वत) र औषधि दान गर्ने प्रचलन छ ।

परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिइन्छ भने पाँच दीपङ्कर बुद्धलाई धान, मकै, गहुँ, भटमास, नून, घिरौला, बोडी, काँक्रो लगायत जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु अर्पण गर्ने गरिन्छ ।

पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।