काठमाडौं – प्रतिनिधिसभामा प्रतिधित्व गर्ने बिपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनस्र्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


ADVERTISEMENT


कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बिहीबार बसेको बिपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।

बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिदै पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त सल्लाह–परामर्श एवं समन्वय नहुँदा केही कमीकमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले जानकारी दिइन् । उनले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनस्र्थापनाको काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरे ।

राष्ट्रिय विपत्तिको घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उनको भनाइ छ ।