काठमाडौं- उद्योग मन्त्रालयको नेतृत्व फेरिने भएको छ। गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएसँगै रिक्त हुन लागेको मन्त्रालयको जिम्मेवारीका लागि सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। यादवले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले उनको स्थानमा साहलाई अघि सारेका हुन्।


ADVERTISEMENT

# # #


साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सांसद हुन्। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए।

गौरीकुमारी यादवको राजीनामापछि उद्योग मन्त्रालयमा नयाँ नेतृत्व ल्याउने निर्णयसँगै साहको नाम चर्चामा आएको हो। राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया पूरा भएपछि उनले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।