काठमाडौं- रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT


बिहीबार राष्ट्रियसभा बैठकमा सांसद आचार्यले विपत्तिमा परेका नागरिकहरू ठूलो कष्टमा रहेको र बाढीबाट क्षति नबेहोरेको कुनै घर नरहेको उल्लेख गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू साझेदारीमा काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतको भूकम्पको समयमा जस्तो पुनर्निर्माणको काममा ढिलासुस्ती नगर्न ध्यानाकर्षण गराएका छन्।


ADVERTISEMENT

# # #


सांसद आचार्यले रसुवा जिल्लालाई पुनः जोड्नका लागि अवरुद्ध भएका सडक सञ्जालहरू छिटोभन्दा छिटो मर्मत तथा सञ्चालन गर्न संघीय र प्रदेश सरकारसँग माग गरेका छन्।

उनले बाढीको त्रासले गर्दा मानसिक स्वास्थ्यमा समेत गम्भीर समस्या देखिएकाले यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन्।