काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामाथि दमन गर्ने, अधिकार कुण्ठित गर्ने र अत्याचार गर्ने शासकको शासन धेरै समय टिक्न नसक्ने बताएका छन्।


ADVERTISEMENT


छापा माध्यममा कार्यरत पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले दमनकारी, पीडक तथा जनविरोधी शासकको अन्त्य हुने बताए। उनले अहिलेका शासकले पनि इतिहासका यस्ता घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले आफू ६० वर्षदेखि समानता र स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन् । जनताको अधिकार र स्वतन्त्रताको पक्षमा आफू सधैँ उभिएको उल्लेख गर्दै उनले दमन र अत्याचारविरुद्धको संघर्ष निरन्तर रहने बताएका छन्।