काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनीज प्रालि। अन्तर्गतको कर्मा रेसिडेन्सिजबीच आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र एमओयू मा हस्ताक्षर भएको छ।


ADVERTISEMENT


सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेसरेटमा ०.२ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।

यस सहकार्यबाट कर्मा रेसिडेन्सिजको आवासीय परियोजनामा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन तथा कानुनी र प्राविधिक परीक्षणलगायत बैंकका प्रचलित नीति तथा प्रक्रियाका आधारमा उपलब्ध हुनेछ।

मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना तथा मझौला उद्यम ९एसएमई० लगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।