काठमाडौं- सांसद अधिकारीले विपद्पछिको आर्थिक पुनर्जागरण र पुनर्निर्माणलाई तीव्रता दिन संसद्बाट संकल्प प्रस्ताव तत्काल पारित गर्नुपर्ने माग गरेकी छिन्


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले इतिहासमा ठूला विपद्पछि विनाश र संकटका भग्नावशेषबाट पुनर्जागरणका उदाहरण देखिएको उल्लेख गर्दै विपद्लाई आर्थिक पुनरुत्थानको प्रस्थानबिन्दु बनाउनुपर्ने धारणा राखेकी छिन्।


ADVERTISEMENT

# # #


उनले बाढीबाट क्षतिग्रस्त आयोजनाहरूको पुनर्निर्माण, द्रुत बीमा भुक्तानी, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण र विशेष आर्थिक प्याकेज कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छिन्।

भोटेकोशीको विनाशकारी बाढीले रणनीतिक सडक, उत्तरी नाका तथा आपूर्ति शृंखलामा अवरोध सिर्जना गर्दै कमजोर अर्थतन्त्रमा थप गम्भीर असर पारेको उनले बताएकी छिन्।

सांसद अधिकारीले राजनीतिक दलहरूबीच फरक–फरक दलगत धारणा र विचार भए पनि राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा, परराष्ट्र सम्बन्ध र राष्ट्रिय अर्थतन्त्र कुनै एक दलको मात्र एजेन्डा बन्न नसक्ने बताईन्।

उनले राष्ट्रिय संकटका बेला दलहरूबीच साझा धारणा र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद् र सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्नेमा जोड दिएकी छिन्।