काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भरतपुर महानगरपालिका–९ को वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
अधिवेशनमा नेपाली कांग्रेसका युवा नेता भरत सापकोटाको प्रमुख आतिथ्यमा वडा तहका सम्पूर्ण पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्। भरत सापकोटा पनि वडा अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएका छन्।
पार्टीको संगठनलाई थप मजबुत बनाउने, युवाको सहभागिता बढाउने तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने उद्देश्यसहित वडा अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशनबाट सर्वसम्मत रूपमा चयन हुनुभएका सम्पूर्ण पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सफल बनाउन देशभर जारी वडा अधिवेशनले पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउँदै लगेको छ।































































