विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग उनको कार्यकक्षमा आज नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, महाप्रबन्धक गोविन्द रोक्का र निर्देशक विष्णुराम न्यौपानेले सामूहिक भेटघाट गरेका छन् ।
सो अवसरमा डा. विष्टले टेलिभिजनले आफूले प्रदेश नं १ मा लक्ष्य गरी सुनसरीको इटहरीमा छ महिनाभित्र स्टेशन निर्माण गरी एक वर्षभित्र इटहरीबाट प्रसारण शुरु गरिने जानकारी दिँदै प्रदेश संसद्को क्रियाकलाप टेलिभिजनमा व्यवस्थित ढंगले र यस क्षेत्रको उत्पादित समाचारलाई बढी जोड गरेर प्रसारण गरिने जानकारी दिए।
सो अवसरमा मुख्यमन्त्री राईले नेपाल टेलिभिजनले सुनसरीको इटहरीबाट हुने प्रसारणलाई ढिलो गर्न नहुने बताउँदै यसका लागि आवश्यक पर्ने सहयोग गर्ने विश्वास दिलाए । रासस