काठमाडौं–सार्वजनिक धारामा पानी थाप्न गएका बेला पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले कैद सजाय सुनाएको छ ।


ADVERTISEMENT


गत वैशाख २५ मा बर्दिबास नगरपालिका–४ स्थित भप्सी टोलको सार्वजनिक धारामा पानी छोएको भन्दै स्थानीय ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया मनिषमाथि कुटपिट भएको थियो ।


ADVERTISEMENT

# # #


महोत्तरी जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । – आजको कारोवार दैनिकबाट