नुवाकोट– कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ ।


ADVERTISEMENT

# # #


साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेवाङ् तामाङलाई २०५७ माघ १६ गते घ्याङ्फेदी– ३ मा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको तामाङलाई पुर्पक्षका लागि जिल्ला कारागारमा पठाइएको छ ।

मख्खुको हत्यामा संलग्न अर्का अभियुक्त दुप्चेश्वर गाँउपालिका–१ का हर्कबहादुर तामाङलाई २०७२ सालमा नै प्रहरीले पक्राउ गरेको थियो । कामी तामाङ र आफू मिलेर मख्खुको हत्या गरेको हर्कबहादुरले प्रहरीसमक्ष स्वीकारेका छन् ।