एजेन्सी– बुधबार राति भएको ला लिगा खेलमा रियल म्याड्रिडलाई सेभिल्लाले जारी सिजनको पहिलो हार चखाइदिएको छ । उसले मड्रिडलाई ३–० को फराकिलो हार चखाएको हो ।
सेभिल्लाले रियल विरूद्ध पहिलो होल १७ औं मिनेटमा गर्यो भने दोश्रो गोल २१ औं मिनेटमा गर्यो । दुबै गोल आन्द्रे सिल्भाले गरेका हुन् ।
रियलले तेश्रो गोल पनि पहिलो हाफमा नै खायो । सो गोल ३९ औं मिनेटमा बेन यड्डरले गरेका थिए ।
हिजोको खेलमा रियलका थुप्रै प्रयासहरू असफल भए । उसले कुल २१ प्रहार गरे पनि गोल गर्न सकेन ।
रियलका लागि पहिलो हाप यस वर्ष फिफाको वर्ष खेलाडी बनेका लुका मोड्रिकले गोल गरेको भए पनि खेलको दोश्रो हाफ सो गोललाई रद्द गरियो । भिएआरमा उनी अफसाइड देखिएका थिए ।
यस्तै राति नै सम्पन्न भिल्लारियल र एथ्लेटिको बिल्बाओबीचको खेल ३–० मा टुङ्गियो भने भ्यालेन्सिया र सेल्टा डी भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडे ।