भोजपुर– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे ।


ADVERTISEMENT

# # #


महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्नेछ भने ।
सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राखेका थिए ।