पाँचथर, ११ असार । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरिरत गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #