गजल
जिन्दगी मेरो हो भन्ने आधार लुटिदिए।
अनेक बहानामा बैँस बारम्बार लुटिदिए
तिम्रो प्रतीक्षामा सजिएर बसेको धेरै भयो
दुनियाँले नजर लगाएर श्रिङ्गार लुटिदिए।
केही पाइन्छ!हात थापी रहे भिखारी बनेर
लुट्ने हरुले आखै अगाडी संसार लुटिदिए।
म अन्याय मा परें सरकार न्याय दिलाई दिनु
गरेर रहस्य जादु टुनामुना मेरो प्यार लुटिदिए ।
-भिजन गुरागाई
शिवसताक्षी ६ झापा