काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिट लिमिटेडसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।


ADVERTISEMENT


बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट लिमिटेड, युकेसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट मंसिर २३ गते स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार वर्ल्ड रेमिट लिमिटेड मार्फत कतार, सोउदी अरेबिया, कुबेत, जापान क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत र अमेरिकालगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले पठाएको रेमिटेन्स एनआइसी एशिया बैँकका देशभर रहेका २७० वटा शाखा कार्यालय र ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सजिलै प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

यस्तै वर्ल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोबाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सकिनेछ । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुने बैँकले विश्वास लिएको छ । वर्ल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वर्ल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०५ ले वृद्धि भइरहेको छ ।

वर्ल्ड रेमिटले आफ्ना ग्राहकलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै ‘क्यास पिकअप’ तथा ‘बैँक ट्रान्सफर’च द्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।