काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचिमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कांग्रेस तयार नभए आफूले राष्ट्रिय आपतकालको घोषणा गरी सीमा पर्खाल बनाउने ट्रम्ले पुनः बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यसअघि पनि राष्ट्रिय आपतकाल लगाउने चेतावनी दिएका थिए । तर बुधबार टेलिभिजनमार्फत गरेको सम्बोधनको क्रममा उनले यसबारे केही बताएका थिएनन् ।

बुधबारको सम्बोधनपछि समस्या समाधानका लागि डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँग भएको छलफलको क्रममा बिचबाटै उठेका राष्ट्रपति ट्रम्प सीमा क्षेत्रको भ्रमणमा गएका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमणमा रहेका ट्रम्पले सम्बोधनको क्रममा राष्ट्रिय आपतकाल लगाउने बताएका हुन् ।

ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेटमा ५।७ बिलियन अमेरिकी डलर सीमा पर्खालका लागि व्यवस्था गरिनु पर्ने अडान लिएका छन् । यो कुरा डेमोक्र्याटिक पार्टीले मानेको छैन ।

यसले गर्दा संघीय सरकारको कार्यसञ्चालन बजेट सम्बन्धी विधेयक अड्किएको छ र संघीय सरकारका आंशिक कार्यालयको काम विगत २० दिनदेखि ठप्प छ । संघीय सरकार कार्यालयमा कार्यरत ८ लाख भन्दा बढी कर्मचारीले तलब पाउन सकेका छैनन् ।

सीमा क्षेत्रको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि मेक्सिकोले पनि रकम तिर्नु पर्ने अप्रत्यक्ष रुपमा बताएका छ ।