काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबीचको तीन खेलको टी-२० सिरिज अन्तर्गत आज हुने अन्तिम तथा निर्णयक खेल प्रभावित भएको छ ।
खेल हुने स्थान दुबईमा हावाहुरीसहितको वर्षा भइरहेकाले खेल प्रभावित भएको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को मैदानमा शुरु हुने भनिएपनि मौसमका कारण खेल प्रभावित बनेको छ । ।
यसअघिका दुई मध्ये नेपा र युएईले १–१ खेल जितेका छन् । आजको खेल नेपालले जितेमा इतिहासमै पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने छ । यता यसअघि एक दिवसीय सिरिज गुमाएको युएई टी-२० अन्तर्राष्ट्रिय सिरिज घरमै राख्न चाहन्छ ।
नेपालले यसअघि भएको एक दिवसीय सिरिज २-१ ले जितेको थियो ।