काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका नेता भरतमोहन अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिन्छन्। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए।
त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो त्यसलाई अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ।
उनी त्यसपछि संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भए। त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरे। अस्पतालमा सुत्केरी हुनेले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्।
अधिकारी त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भए।