पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ।


ADVERTISEMENT


तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ।


ADVERTISEMENT

# # #


पूर्वउपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा एक महिनाको प्रयासपछि पनि स्वास्थ्यमा सुधार नआएपछि केही साताअघिमात्र उनलाई ह्याम्स सारिएको थियो।

नेपाल कम्युनिष्ट पाटी(नेकपा) का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिन्छन्। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए।