पोखरा– सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ ।


ADVERTISEMENT


पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय बलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भएकामा उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको र उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।


ADVERTISEMENT

# # #


पोखरा–लेखनाथ महानगरपालिका– १८ चङ्खपुरबाट हर्पन खोलाले बगाएर सोमबार बेपत्ता महानगर–३ नदीपुरका २४ वर्षीय इन्द्र पुन र ललित पुनलाई पनि मृतावस्थामा खोलाबाट बाहिर निकालिएको छ ।