इटहरी– नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन् ।


ADVERTISEMENT


बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका आर्यन अधिकारीलाई सोमबार राति धरानको भानुचोकबाट पक्राउ गरिएको छ ।


ADVERTISEMENT

# # #