काठमाडौँ– संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।


ADVERTISEMENT


मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए ।

प्रचण्डका तीन विकल्प

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई मनाउन सत्ता पक्ष माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले तीन विकल्प अघि सारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रमुख विपक्षी नेकपा एमालेसहितको तीन दलको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले तीन विकल्प पेस गरेका हुन् ।

पहिलो, कांग्रेस, एमाले र मा‌ओवादी मिलेर संविधान स‌ंशोधन गरौं । र, राजपासँग अरु विषयमा पनि प्याकेजमा सहमति गरौं ।

दोस्रो, यदि पहिलो विकल्प मान्ने नहुने हो भने संशोधन विधेयकलाई संसद्‌मा मतदानबाट फेल वा पास जे भए पनि टुंगो लगाऔं । त्यो गर्दा निस्सर्त चुनावमा जाने घोषणा गर्न राजपा तयार हुनुपर्छ ।

र, तेस्रो, चुनाव अगाडि कुनै पनि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्नु हुँदैन । बरु चुनावपछि गर्ने गरी राजपासँग कुनै राजनीतिक सहमति गर्न सकिन्छ ।