सिरहा – सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवा लाई पक्राउ गरेको छ। प्रहरीले भारतको मधुबनी जिल्ला बगहा ग्रामपञ्चायत वडा नं १ बस्ने २८ वर्षीय राजेश कुमार यादवलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


बिहिबार राति प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं ४ दशगजा मिनी बजार बाटोमा चेकजाँच गर्दा उनको साथवाट १ थान कटुवा पेस्तोल, खाली खोका १ राउण्ड फेला पारेको छ।


ADVERTISEMENT

# # #


पक्राउ परेका यादव लाई हतियार तथा गोली सहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनलाई जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा डिएसपी माधव राज खरेलले जानकारी दिए ।