एजेन्सी – भारतमा आम निर्वाचन अन्तिम चरणमा भइरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला उत्तराखण्डको केदाननाथ यात्रामा रहेका छन् । अझ भनौँ उनी शान्तिका लागि भन्दै दुई दिन गुफामा ध्यान गरिरहेका छन् । मोदी जुन गुफामा ध्यान गरिरहेका छन्, त्यहाँ सबै किसिमका आधुनिक सेवा सुविधाहरु उपलब्ध छन् ।


ADVERTISEMENT


उक्त गुफाका आधुनिक सेवा सुविधाहरु उपभोग गरेपापत ९९० भारतीय रुपैयाँ मात्रै रहेको छ । पछिल्लो वर्षमात्रै निर्माण गरिएको उक्त गुफालाई लोकप्रिय बनाउनका लागि गढवाल मण्डल विकास निगम (जीएमवीएन)ले विभिन्न तरिका अपनाइरहेको छ । जसका लागि मूल्य घटाउनुदेखि विभिन्न सेवा सुविधान उपलब्ध गराइएको छ ।


ADVERTISEMENT

# # #


जीएमवीएनका अधिकारीका अनुसार नरेन्द्र मौदीले नै ध्यान गुफाको अवधारणाको सुझाव दिएपछि रुद्र ध्यान गुफा निर्माण गरिएको हो । यो केदारनाथ मन्दिरभन्दाको लगभग एक किलोमिटर माथि रहेको छ ।

सुरुमा यसको भाडा प्रतिदिन ३ हजार भारतीय रुपैयाँ रहेको थियो । गतवर्ष कर घटाइएपछि ९९०मा झारिएको थियो ।

के छन् सुविधा ?

गुफामा बिजली, खानेपानी, ‘वासरुम’को सुविधा रहेको छ । गुफाको बाहरी भागढंगाले बनेको छ भने ढोका काठको रहेको छ । निगमले आफुले चाहेको समयमा गुफामा बस्न चाहने पर्यटकको लागि दिनमा दुई पटक खाना, नास्ता र चियाको व्यवस्था गरेको छ ।

गुफामा चौबिसै घण्टा टेलिफोन सुविधा पनि रहेको छ ।