जनकपुर – प्रदेश नम्बर २ मा आज नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT


नीति तथा कार्यक्रममा एक सम्पर्क भाषाको कुरालाई मुख्य रुपमा उठाइएको छ भने संघीय सरकारको प्राधिकारमा रहेका सानो भन्सार कार्यालयलाई आफ्नो मातहत ल्याउने कुरा गरिएको छ । २० पृष्ठ लामो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। त्यसैगरी प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुलाई आगामी वर्षमा पनि निरन्तरता दिइएको छ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेश सरकारको मातहतमा नभएका सिञ्चाइको लागि कमला डाईभर्सन तथा सुनकोशी डाईभर्सन निर्माणसम्मको आयोजना समेटिएको छ

यस नीति तथा कार्यक्रममा प्रदेश सूचना प्रविधि पार्क स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । त्यस्तै प्रदेश प्रेस काउन्सिल गठन गरिने जनाइएको छ । त्यस्तै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा परम्परागत ज्ञान, सीप तथा पेसा संरक्षणका लागि साना तथा घरेलु उद्योगहरु स्थापनामा जोड दिएको छ ।

प्रदेश सरकारले प्रोत्साहतस्वरुप विशेष अनुदान उपलब्ध गराई बाँसको ढकिया, डाली, सुपा, भखारी काठका सामाग्रीहरु, माटा तथा छालाका सामाग्रीहरु, र खानेकुराहरु अरिकोँच, अदौरी, चरौरी, कँच, सुखौच, कुम्हरौरी, झिली, कचरी, माछा मार्ने, चिनी कटोरा लगायतका उद्योग सञ्चालनका कुराहरु समेटेको छ ।