काठमाडौं – जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफ पाँचसँग पराजित भएको छ । आइतबार भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो । प्रदेश ५ ले १८५ रनको लक्ष्य पच्छ्याउँदै गर्दा पानीले खेल प्रधावित बन्यो । त्यसपछि डीएल मेथडमा दिएको १ सय ४२ रनको सामान्य लक्ष्य पायो । उक्त लक्ष्य प्रदेश ५ ले ३० ओभर ५ बलमा ७ विकेठ गुमाउँदै पूरा गरेको हो । प्रदेश ५ का लागि प्रनित थापा मगरले नटआउट ३० रनको योगदान गरे । त्यस्तै सौरव खनालले २९ रन जोड्दा सुभेन्दु पाण्डे २०, निश्चल चौधरी १७ र सन्दीप सुनारले १५ रन जोडे ।


ADVERTISEMENT

# # #


बलिङतर्फ एपीएफका लागि अमर राउटेलले सर्वाधिक दुई विकेट लिए । त्यस्तै पृथु बास्कोटा, अविनास बोहोरा र भुवन कार्कीले समान एक(एक विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको एपिएफका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले । १ सय ३१ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ७७ रन बनाए । त्यस्तै सन्दीप जोराले २२ रन जोड्दा शरद भेषवाकरले १४, भुवन कार्की १३ र आसिफ शेखले ११ रन जोडे ।

बलिङतर्फ प्रदेश ५ का लागि कृष्ण कार्कीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सन्दीप सुनार दुई विकेट लिँदा बिक्रम भुषाल, सिदान्त शाही र अनिल खरेलले समान एकएक विकेट लिए ।