काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने विदेश भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका छन् ।
युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन्
ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।
नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका छन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन्