काठमाडौँ – एनआईसी एशिया बैंक र बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच स्वस्थ्य सेवामा छुटसम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार बैंकका कर्मचारीले चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्नेछन् ।

बैंकले मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।