काठमाडौँ – जनता बैंक नेपाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


संझौता पत्रमा हस्पिटलकाका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने बैँकले जनाएको छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।