काठमाडौं – सिंगापुरमा जारी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपाललाई झट्का लागेको छ । पहिलो खेलमा कतारसंगै अप्रत्यासित हारसंगै कप्तान पारस खड्का पनि घाइते भएका छन् ।


ADVERTISEMENT


आज भएको कतारविरुद्धको खेलमा खड्का घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना छ । यद्दपी पारस खेल्ने वा नखेल्ने भन्ने बारेमा निर्णय भइसकेको छैन ।


ADVERTISEMENT

# # #


पारसले आजको खेलमा इनिङको पहिलो बलमा नै ढाडमा समस्या आएको बताएका छन् । उनले मैदानमा हुँदा दुखाइ धेरै नभएकोले खेलेको भए पनि अर्को इनिङमा खेल्न नसकेको बताएका छन् । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए ।

नेपालले बुधबार मलेसियाविरुद्ध खेल्दैछ ।