भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज ‘क्लिनस्वीप’ गरेको छ । मंगलबार राति भएको तेस्रो खेलमा भारतलले वेस्ट इन्डिजलाई सात विकेटले हरायो । यससँगै भारतले सिरिज ३–० ले जितेको हो ।


ADVERTISEMENT


एक सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतको जितमा ऋषभ पन्तले ६५ रन बनाए । कप्तान विराट कोहलीले ५९ र ओपनर केएल राहुल २० रन बनाए । वेस्ट इन्डिजका ओशन थोमसले दुई विकेट लिए । फावियन एलनले एक विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । वेस्ट इन्डिजका काइरन पोलार्डले सर्वाधिक ५८ रन बनाए । रोभमन पावेलले अविजित ३२ रन जोडे । निकोलस पुरनले १७ र कार्लोस वर्थवेट र ओपनर इभिस लुईसले समान १० रन बनाएका थिए ।

भारतका दिपक चहरले तीन तीन विकेट लिए । उनी प्लेयर अफ दी म्याच घोषित भए । नवदीप सैनीले दुई तथा राहुल चहरको एक विकेट झारेका थिए । यसअघि भारतले पहिलो खेलमा चार विकेट र दोस्रो खेल २२ रनले जितेको थियो । भारतले अब वेस्ट इन्डिजसँग तीन एकदिवसीय र दुई वटा टेस्ट खेल्दैछ । पहिलो एकदिवसीय बिहिबारबाट सुरु हुनेछ ।