काठमाडौँ – नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि भारतमा रहँदा पनि एनटीसीकै सिमबाट नेट भल्ने व्यवस्था मिलाएको छ । एनटीसीले पोस्टपेड ग्राहकलाई ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।


ADVERTISEMENT


गत बैशाख १६ बाट एनटीसीले जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको थियो । हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारदेखि भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो । अब नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नेछन् ।

भाद्र १९ सम्म अन्तराष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ भारतमा प्रयोग गर्न सक्नेछन् । निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ ।