काठमाडौं – असोज ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ ।


ADVERTISEMENT


नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक तयारीमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका हुन् । यही खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरिने एन्फाले जनाएको छ ।


ADVERTISEMENT

# # #


च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली टोली
गोलरक्षक :  विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना
रक्षक : विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल र नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी