काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । पार्टी केन्दिीय कार्यलय सानेपामा बस्ने बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।


ADVERTISEMENT


काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए।


ADVERTISEMENT

# # #


प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए ।