बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका क्रममा विवाद उत्पन्न भएपछि डोजरले स्थानीयलाई आक्रमण गर्ने डोजर चालकसहिच चार जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।

झडपमा परी धर्मानन्द जोशी, सन्तोष जोशी, दिनेश जोशी, भोज जोशी, नारायण जोशी, पुष्कर जोशी, डोजर चालक र सहचालक घाइते भएको सडक उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए । घाईतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष जोशीले भने, “पाँचसय मिटर मात्र सडक खन्न बाँकी थियोे । दशरथ चन्द नगरपालिकाले पछि मुल्याङ्कन गरेर सडक खन्न अनुमति दिएको हो । सडक खन्न ठेकेदारको डोजर लगेर गाउँमा जाँदा स्थानीय दुर्गादत्त जोशी लगायतले आफ्नो जग्गामा सडक खन्न पाईदैन भनेर झडपमा उत्रिदा डोजर चालहसहित आठ जना घाईते भएका छन् । डोजर तोडफोड गरिएको छ”

सडक निर्माण गर्दा जग्गा पर्ने मध्येका दुर्गादत्त जोशीले बिना ईष्टमेट र बजेट नै नभई गाउँमा जथाभावी सडक खन्न डोजर आएपछि डोजर धपाउन खोज्दा झडप भएको स्वीकार गरे ।

यो विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले दशरथ चन्द नगरपालिका वडा नम्बर ९ का स्थानीयको यसअघि नै निवेदन आएपछि दशरथ चन्द नगरपालिकालाई विवाद मिलाएर सडक खन्न पत्राचार गरेको बताए ।