काठमाडौं – आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रे नमोबुद्ध नगरपालिका–११ बिमिरे गाउँ घर भएका रनकाजी भन्ने रन बहादुर तामाङलाई प्रहरीले उक्त अभियोगमा २० वर्षपछि पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार २०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा आफ्नै बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


रन बहादुर उक्त घटना पश्‍चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचय समेत लुकाइ काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।