काठमाडौं – क्यानाडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले चुनाव जितेको छ, तर बहुमत गुमाउने देखिएको छ । त्यसो भएमा उनले गठबन्धन सरकारको नेतृत्व गर्नुपर्नेछ । बीबीसीकाअनुसार लेबर पार्टीले १५६ सिट जित्ने अपेक्षा छ, जुन बहुमतका लागि आवश्यकभन्दा १४ सिट कम हो ।


ADVERTISEMENT


कन्जरभेटिभ पार्टीले १२२ सिट जित्ने देखिएको छ । उसले अघिल्लो पटक मात्र ९५ सिट जितेको थियो । यो चुनावलाई ट्रुडोको जनमत संग्रहका रुपमा समेत हेरिएको थियो । चुनावमा सफलता पाएपछि उनले आफ्नो पार्टीलाई विश्वास गरेको भन्दै धन्यवाद दिएका छन् ।


ADVERTISEMENT

# # #


किन घट्यो ट्रुडोको लोकप्रियता ?

ट्रुडो ‘वास्तविक परिवर्तन’ र प्रगतिशील बाचाहरु गरेर सन् २०१५ मा सत्तामा आएका थिए । चार वर्ष सत्तामा बसेपछि उनको आलोचना हुन थालेको छ ।

उदाहरणका लागि हिमालपारी तेल पाइपलाइन विस्तार आयोजनालाई समर्थन गर्दा उनको लोकप्रियता खस्केको छ । संघीय चुनाव प्रणालीमा सुधार ल्याउने प्रतिवद्धतामा पनि उनी चुकेका छन्, जसले गर्दा वामपन्थी विचारधाराका मानिसहरु उनीप्रति रुष्ट छन् ।

यद्यपि, दुई दर्जन क्यानाडेली विद्वानहरुले गरेको स्वतन्त्र विश्लेषणअनुसार वितेको ३५ वर्षमा आफ्नो वाचा पूरा गर्ने प्रधानमन्त्रीमा ट्रुडो एक नम्बरमा छन् । उनले आफ्ना ९२ प्रतिशत वाचाहरु पूर्ण वा आंशिकरुपमा कार्यान्वयन गरेका छन् ।

यसै वर्ष सार्वजनिक भएको नैतिक आचरणसँग जोडिएको स्क्यान्डलले पनि ट्रुडोलाई धक्का लाग्यो । उनले एक पूर्वमन्त्रीलाई अपराधिक मुद्दामा प्रभावमा लिन खोजेको सार्वजनिक भएको थियो ।