काठमाडौं । रौतहटमा २०६४ साल चैत २७ गते हत्या भएका भनिएका पिन्टु अर्थात त्रिलोकप्रताप सिंह फरार अभियुक्त भएको खुलासा भएको छ ।


ADVERTISEMENT


२०६४ सालमै रौतहटका राकेशकुमार साहलाई अपहरण गरी भारतको विहारमा पुर्याई ज्यान मार्ने धम्की दिएर २ लाख फिरौती बुझ्ने व्यक्ति नै त्रिलोकप्रताप सिंह अर्थात पिन्टु रहेका छन् ।


ADVERTISEMENT

# # #


सो अपहरण काण्डपछि प्रहरीमा आफूविरुद्ध परेको उजुरीबाट बाँच्न त्रिलोकप्रताप सिंह अर्थात पिन्टु फरार भएका थिए । प्रहरीले राकेशकुमार साहको किटानी जाहेरीका आधारमा खोजी गरेपछि फरार रहेका पिन्टु अझै फरार रहेका छन् । तर त्यतिबेलादेखि नै अपहरणकारी सिंहकै हत्या भएको भन्दै परिवारका सदस्यहरुले उजुरी दिन थालेपछि प्रहरी नै अलमलमा पर्दै आएको थियो । फरार रहेका सिंहको १२ वर्षदेखि पक्राउ पर्न सकेका छैनन् । तर तिनै सिहंको हत्या आरोप लागेर सांसद अफताब आलम भने पक्राउ भएका छन् ।

प्रहरीको रेकर्ड अनुसार फरार अभियुक्त पिन्टुविरुद्ध धेरै आरोपहरु लागेका छन् । निर्वाचनको बेला सुरक्षा व्यवस्था कडा भएपछि पिन्टुसहित उनको गिरोहका व्यक्तिहरु फरार भएको बताइन्छ ।

१२ वर्ष पुरानो घटना ब्यूतिएपनि हालसम्म सिंहको मृत्यु भए नभएको नै यकीन भएको छैन ।