एजेन्सी – बंगलादेशका क्रिकेट खेलाडीहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनको नेतृत्व गरिरहेका बंगलादेश राष्ट्रिय टिमका कप्तान शाकिब अल हसनले आन्दोलन फिर्ता लिएको बताएका छन् ।


ADVERTISEMENT


बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले खेलाडी उठाएका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएको उनले जानकारी दिए । उद्दपी उनले माग पूरा भएमात्र खेलाडी पूर्ण सन्तुष्ट हुने बताए ।


ADVERTISEMENT

# # #


‘बोर्डसंगको हाम्रो बैठक राम्रो रह्यो । उहाँहरुले हामीलाई विश्वास दिलाउनु भएको छ कि चाँडै नै हाम्रा माग सम्बोधन हुनेछन् ।’ शामकिबले भने, ‘यही आश्वासनपछि हामीले आन्दोलन फिर्ता लिएर राष्ट्रिय टिमका लागि तयारी सुरु गर्नेछौँ ।’

उनले खेलाडीका तर्फबाट एक प्रतिनिधि बोर्डसंग नियमित कुराकानी गर्नका लागि छानिनुपर्ने बताए । ‘हामी चाहन्छौँ कि हामी खेलाडीमध्येबाट एक जना प्रतिनिधि चुन्न चाहन्छौँ । जसले बोर्डसंग खेलाडीका समस्या लिएर नियमित छलफल गरोस्’ उनले भने । यसमा बोर्ड सकारात्मक भएकाले चाँडै नै चुनावमार्फत खेलाडीको प्रतिनिधि छानिने उनले बताए ।

सोमवार शाकिब अल हसन, महमदुल्लाह, मुजफिकर रहीम लगायतले पत्रकार सम्मेलन गर्दै बोर्डविरुद्ध आन्दोलनको घोषणा गरेका थिए । ११ बुँदे माग राख्दै उनीहरुले माग पूरा नभए भारतविरुद्धका रिसिज नखेल्ने चेतावनी दिएका थिए । बंगलादेशले भारतविरुद्ध नोभेन्बरमा टी २० र टेष्ट सिरिज खेल्दैछ ।